झिनो अंकले घट्यो नेप्से, लगानीकर्ताको रोजाइमा आइएमई लाइफ इन्स्योरेन्स

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) ३.२१ अंकले घटेर २०४८.२६ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २६७ कम्पनीको २ अर्ब ३३ करोड ३५ लाख ७३ हजार २९७ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वट उपसमूहको परिसूचकमध्ये ९ बटाको बढेको छ भने अन्यको घटेको छ ।

एक कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । रिपब्लिक मिडियाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ ।

आज आइएमई लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको ४३ करोड ६२ लाख बढीको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here