‘वर्क फ्रम होम’ बाट पछि हट्यो ‘जुम’, कर्मचारीलाई भन्यो अफिसबाटै काम गर्न उत्तम

काठमाडौं । कार्यालयमा उपस्थित नभइ घरबाटै पनि काम गर्न सकिन्छ भन्ने कुरालाई स्थापित गरेको भिडियो संचार कम्पनी जूमले आफ्ना कर्मचारीलाई कार्यालयमा बोलाएको छ । जसको प्रयोगबाट कोभिड महामारीमा कर्मचारीलाई घरबाटै काम गर्न लगाएर संसारभरका कम्पनीहरु चालु रहेको थियो ।

कतिपय कम्पनीले त अहिलेसम्म पनि कर्मचारीलाई भर्चुअल्ली उपस्थित गराएर काम गरिरहेका छन् । यस्तो अवस्थामा जूमले भने उसले आफ्ना कर्मचारीलाई कार्यालयमै फिर्ता बोलाएको हो । ‘वर्क फ्रम होम’अर्थात कार्यालयमा भौतिक रुपमा उपस्थित नभइ घर वा अन्य ठाउँमा बसेर काम गर्दा कर्मचारीको उत्पादकत्व घटेको भन्दै जूमले आफ्ना कर्मचारीलाई बोलाएको बताएको छ । जुमले हालसम्म भर्चुअल कनेक्सन बाट नै काम गरिरहेको थियो ।

जूमले कार्यालयबाट ८० किलोमिटर भित्र बस्ने कर्मचारीहरुलाई हप्तामा कम्तिमा दुई पटक भौतिक रुपमा कार्यालयमा उपस्थित भएरै काम गर्नुपर्ने बताएको हो ।

त्यसो त अमेजन र डिज्नीले यसअघि नै रिमोट वर्क अर्थात कार्यालयमा नआइ अन्तबाट गर्ने कामको दिनहरू घटाइसकेका छन् । केही सर्बेक्षणहरुले पनि घरबाट काम गर्दा कर्मचारी तथा कार्यालयको प्रगती सोचेजस्तो हुन नसकेको नै देखाएको छ ।

टेक फर्मले नयाँ नीति अगस्ट र सेप्टेम्बरमा रोल आउट हुने बताएको छ । जुन देश अनुसार फरक फरक समयमा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here