सांसदले संसद बैठकमा अट्टहाँस गर्न नपाउने, फोन प्रतिवन्ध

Getty Images

एजेन्सी । नेपालको छिमेकी मुलुक भारतको सबैभन्दा ठूलो राज्य उत्तर प्रदेशको विधानसभामा अब रोचक नियमहरु लागु हुने भएको छ ।

उत्तर प्रदेशको विधानसभामा छिट्टै परिवर्तित नियम लागु हुने बताइएको छ । जस अनुसार अब सांसदले संसद चलिरहेको बेला अट्टहास हाँसो निकाल्न पाउने छैनन् । साथै बैठक चलिरहेको समयमा फोन लैजान समेत प्रतिवन्ध लागेको छ ।

यो नया नियमावली को विधानसभामा पेश गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार आज सदनमा यसबारे चर्चा हुने भएको छ । सदनबाट पास भएपछि नियम लागु हुनेछ । अब विधायकले विधानसभा भित्र फोन लैजान पाउने छैनन् ।

कारवाही वा बहसका दौरान विरोधस्वरुप कुनै कागज च्यात्न समेत प्रतिवन्ध लाग्ने भएको छ । सभामुखलाई पीठ फर्काएर उभिन वा बस्न पाइने छैन । हातहतियार लैजान र प्रदर्शन गर्न पाइने छैन । धुमपान निषेध गरिएको छ । जोरले हास्न मनाही गरिएको छ ।

ठूलो स्वरले बोल्न पाइने छैन । झण्डा वा ब्यानर बोकेर जान पाइने छैन । सदनको कारवाहीका दौरान कुनै किताब, प्रेसमा आएको टिप्पणी वा पर्चा समेत संसदमा लैजानरोक लगाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here