एभरेष्ट बैंकका ग्राहकलाई ओम समाज डेन्टल हस्पिटलमा १५% छुट

काठमाडौं, ११ भदौ । एभरेष्ट बैंकले ओम समाज डेन्टल हस्पिटलसँग साझेदारी गरेको छ ।

बैंक र ओम समाज डेन्टल हस्पिटलबीच हस्ताक्षर भएको एमओयू अनुसार ग्राहकहरुले एक्स–रे बाहेक सम्पूर्ण सेवा शुल्कमा १५% सम्म छुट पाउने बैंकले बताएको छ ।

ग्राहकहरुले एभरेष्ट बैंकको एटिएम वा क्रेडिट कार्ड देखाएर उक्त छुट पाउन सक्ने बैंकले जनाएको छ ।

चावहिल र नयाँ नैकाप कलंकी स्थित ओम समाज डेन्टल हस्पिटल दन्त स्वास्थ्य सेवा केन्द्र हो ।

बैंकले हाल आफ्ना ९४ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र १२० एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here