४७ कम्पनीलाई साउनभित्र रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोषको रकम जम्मा गर्न निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले रोयल्टी वापतको रकम र ग्रामीण दूरसञ्चार विकास कोष वापतको रकम भुक्तानी गर्न ताकेता गरेको छ ।

प्राधिकरणले बिहीबार एक सूचना प्रकाशन गरी विभिन्न ४७ वटा कम्पनीलाई साउनभित्र सो रकम भुक्तानी गर्न ताकेता गरेको हो ।

सेवा प्रदायकले आव २०७८/७९ मा आर्जन गरेको कुल आम्दानीको ४ प्रतिशतले हुन आउने रोयल्टी र २ प्रतिशतले हुन आउने ग्रामिण दूरसञ्चार विकास कोष रकम र वित्तीय विवरण नबुझाएको भन्दै प्राधिकरणले कम्पनीको विवरण सार्वजनिक गरेको छ ।

नियमानुसार सरकार तथा प्राधिकरणलाई बुझाउनु पर्ने बक्यौता रकम साउन मसान्त भित्र सेवा प्रदायकको नाम र आर्थिक वर्ष समेत स्पष्ट खुल्ने गरी तोकिएको बैंक खातामा दाखिला गरी सक्कल भौचर संलग्न गरी पेश गर्न प्राधिकरणले निर्देशन दिएको छ ।

यदि सो समयभित्र रकम दाखिला नगरेमा नियमानुसार हदैसम्मको कारवाही अगाडी बढाइने प्राधिकरणको चेतावनी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here