घोराही सिमेन्टसहित तीन कम्पनीको आइपीओ नेप्सेमा सूचीकृत, ओपनरेन्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तीन कम्पनीको आइपीओ सूचीकृत भएको छ ।

बिहीबार घोराही सिमेन्ट, थ्रीस्टार हाइड्रोपावर र अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओ सूचीकृत भएको हो । घोराही सिमेन्टको प्रतिकित्ता १०० रुपैयाँ दरले ३ करोड ९७ लाख १९ हजार ६ कित्ता सेयर सूचीकरण भएको हो ।

नेप्सेले घोराहीको पहिलो कारोबारका लागि न्यूनतम २२६.६१ रुपैयाँदेखि अधिकतम ६७९.८३ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ । GCIL संकेत चिह्नमा यसको कारोबार हुनेछ ।

यस्तै, थ्रीस्टार हाइड्रोपावरको ४९ लाख २५ हजार कित्ता सेयर सूचीकरण भएको हो । यसको पहिलो कारोबारका लागि नेप्सेले ८५.६५ रुपैयाँदेखि अधिकतम २५६.९५ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ । कम्पनीको कारोबारका लागि नेप्सले TSHL संकेत चिह्न प्रदान गरेको छ ।

यसैगरी, अप्पर स्याङ्गे हाइड्रोपावरको २२ लाख कित्ता सेयर सूचीकरण भएको हो । यसको पहिलो कारोबारका लागि नेप्सेले ८४.५४ रुपैयाँदेखि अधिकतम २५३.६२ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ । कम्पनीको कारोबारका लागि नेप्सले USHL संकेत चिह्न प्रदान गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here