काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक (नेप्से) ५.१३ अंकले बढेर २०६६.०५ विन्दुमा पुगेको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २६९ कम्पनीको २ अर्ब १५ करोड ६५ लाख ८३ हजार ९४५ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । नेप्सेमा आज कारोबार भएका १३ उपसमुहमध्ये ९ बटाको बढेको छ भने ४ घटेको छ ।
अघिल्लो दिनको तुलनामा कारोबार बढेको छ । बुधवार १ अर्ब ८८ करोड ८३ लाख २६ हजार ४६९ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज सोल्टी होटेल सर्वाधिक कारोबार भएको छ । यसको १६ करोड ९५ लाख बढीको कारोबार भएको छ ।
सामान्य अंकले बढेको बजारमा अभियान लघुवित्तका शेयरधनीले सर्वाधिक ९.०९ प्रतिशत कमाएका छन् । त्यस्तै, सिंगटी हाइड्रोपावर ७.४९, श्वेत गंगा हाइड्रोपावर ६.५५, नबिल इक्वीटी फण्ड र सोल्टी होटलको शेयर मूल्य साढे ५ प्रतिशतले बढेको छ ।