सडक र सिँचाइ विभागमा तालाबन्दी गर्न पुगेका निर्माण व्यवसायी पक्राउ

फाइलफोटो

काठमाडौं । ललितपुरको जावलाखेलस्थित सिंचाइ विभागमा तालाबन्दी गर्न पुगेका निर्माण व्यवसायी पक्राउ परेका छन् ।

उनीहरु आइतबार बिहान ललितपुरको चाकुपाटमा रहेको सडक विभाग र जावलाखेलस्थित सिँचाइ विभागमा ताला लगाउन पुगेका थिए ।

तालाबन्दी गर्ने र धर्नामा बस्ने भनेर सिंचाइ विभाग परिसरमा पुगेका ५० जना निर्माण व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहका अनुसार महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जे लामा, महासचिव रोशन दाहाललगायतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

निर्माण भुक्तानी नपाएको लगायतकाे विभिन्न माग राख्दै निर्माण व्यवसायीहरु केही दिनदेखि आन्दोलित बनेका थिए । नेपाल निर्माण व्यवसायी महासंघले घोषित तेस्रो चरणको आन्दोलन अर्न्तगत सरकारी कार्यालयमा ताला लगाई धर्ना दिन पुगेका थिए ।

महासंघले काम भइसकेका आयोजनाको भुक्तानी दिनुपर्ने, सम्पूर्ण आयोजनाको एकमुष्ट म्याद थप गर्नुपर्ने र बैंक ग्यारेण्टी जफत रोक्नुपर्ने लगायत ९ बुँदे राखेर असार २९ देखि आन्दोलन गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here