काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई तिर्नुपर्ने बक्यौता भुक्तानी गरेपछि सिम्रिक एयरको उडान फुकुवा भएको छ ।
सिम्रिकले प्राधिकरणलाई ४६ लाख रुपैयाँ बक्यौता बुझाएपछि प्राधिकरणले उडानमा लगाएको प्रतिबन्ध फुकुवा गरेको हो ।
प्राधिकरणका अनुसार सिम्रिकले प्राधिकरणलाई शुक्रबार ४३ लाख रुपैयाँ र आइतबार (आज) ३ लाख गरी कुल ४६ लाख रुपैयाँ बुझाएको हो।
प्राधिकरणले बिहीबार बक्यौता नतिरेको भन्दै सिम्रिकका हेलिकप्टर उडानमा रोक लगाएको थियो । हाल सिम्रिक एयरले ४ वटा हेलिकप्टरमार्फत उडान गर्दै आइरहेको छ।