एसिया कप क्रिकेटका लागि १७ सदस्यीय टिम घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी सेप्टेम्बर ३० देखि पाकिस्तान र श्रीलंकामा हुने एसिया कपका लागि नेपाली टोली घोषणा गरिएको छ।

रोहित पौडेलको कप्तानी एसिया कप खेल्ने नेपाली टोली घोषणा गरिएको हो। रोहित पौडेलको कप्तानीमा १७ सदस्यीय टिम घोषणा गरेको छ। एकदिवसीय फर्म्याटमा हुने एसिया कपमा नेपाल समूह ‘ए’ मा छ। समूहमा नेपालले पाकिस्तान र भारतसँग भिड्नेछ।

एसिया कपको पहिलो पहिलो खेल नेपालले अगस्ट ३० मा (भदौ १३) पाकिस्तानसँग खेल्नेछ।

नेपाल समूह चरणको दोस्रो खेल खेल्न भने पाकिस्तानबाट श्रीलंका पुग्न पर्नेछ। नेपालले दोस्रो खेलमा भारतविरुद्ध सेप्टेम्बर ४ (भदौ १८) मा श्रीलंकामा खेल्नेछ।

तीन-तीन टिमको समूहबाट शीर्ष दुई दुई टिम गरी चार टिमले सुपर फोर खेल्नेछन्। सुपर फोर पछि एसिया कपको फाइनल सेप्टेम्बर १७ (भदौ ३१) मा हुनेछ।

टिममा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद, श्याम ढकाल रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here