साउदी क्लब अल-हिलालमा जाने भए नेमार

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले ब्राजिलियन फरवार्ड नेइमारलाई साउदी प्रो लिग क्लब अल-हिलाललाई ९० मिलियन युरोमा बेच्ने सम्झौता गरेको छ।

अन्य क्लबमा जान दबाब बढाउँदै पीएसजीले नेमारलाई सिजनको पहिलो खेलमा मैदान उतारेको थिएन ।

३१ वर्षीय नेमारको अब मेडिकल र आवश्यक कागजी प्रक्रिया पूरा गर्न बाँकी रहेको बिबिसीले जनाएको छ। यसअघि पीएसजीले सन् २०१७ मा नेमारलाई बार्सिलोनाबाट विश्व कीर्तिमानी मूल्य तिरेर भित्र्याएको थियो ।

गत मार्चयता मैदान उत्रिएका छैनन्। सेडियो माने, करि बेन्जेमा, फिरमिनोसहित थुप्रै विश्व चर्चित खेलाडीहरू यसबीचमा साउदी अरबको प्रो लिगका लागि आबद्ध भइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here