अप्पर लोहोरे खोलाको आइपीओ बाँडफाँट

काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावरको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री एनआइसी एशिया क्यापिटलले आज अपराह्न आइपीओ बाँडफाँट गरेको हो ।

क्यापिटलका अनुसार गोलाप्रथाबाट १ लाख ९५ हजार ३२७ आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् भने तीमध्ये भाग्मानी ९ जनाले थप १/१ कित्ता सेयर पाए । १० लाख ८८ हजार बढी जनाको भने हात रित्तो भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि साउन १८ गतेदेखि २२ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरले १९ करोड ५३ लाख २७ हजार ९०० रुपैयाँ बराबरको १९ लाख ५३ हजार २७९ कित्ता सेयर बिक्रीमा ल्याएको थियो ।

कम्पनीको आइपीओको रिजल्ट लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् । यसैगरी, बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटको वेबसाइट र मेरोसेयर मार्फत पनि नतिजा हेर्न सकिने छ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here