ताेलामा ८०० ले बढ्याे सुनकाे भाउ, पुग्याे ७३ हजार ४००

काठमाडाैं, १२ भदाै । मंगलबार केही घटेर बुधबार स्थिर रहेको सुनको भाउ आज फेरि बढेको छ ।

बिहीबार छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ प्रतितोला ७३ हजार ४०० रुपैयाँ तोकिएको छ ।

त्यस्तै तेजावी सुन ७३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ।

गत सोमबार नेपाली इतिहासमै सबैभन्दा धेरै प्रतितोला ७३ हजार ५०० सम्म पुगेको सुनको भाउ मंगलबार ९०० रुपैयाँले घटेर मंगलबार र बुधबार ७२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेर ८९५ रुपैयाँमा खरिद बिक्री भइरहेको महासंघले जनाएको छ।