प्रचण्ड, देउवा र नेपालबीच भेटबार्ता, संसदको गतिरोध खुलाउने विषयमा छलफल

काठमाडौं । सत्ता गठबन्धनका तीन शीर्ष नेताहरुबीच आज छलफल भएको छ ।

सदनको गतिरोध अन्त्य गर्ने उद्देश्यसहित बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताबीच छलफल भएको हो । छलफलमा गतिरोध अन्त्य गर्न दलहरुसँगको संवादलाई तीव्रता दिने निर्णय भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका साथै उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू सहभागी थिए ।

प्रधानमन्त्रीको सचिवालयले जारी गरेको प्रेस नोटका अनुसार बैठकमा नेताहरूले संसदको गतिरोध खुलाउने विषयमा छलफल गरेको छ ।

साथै बैठकले संसदको गतिरोध खुलाउन प्रमुख प्रतिपक्षी दल लगायत संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग संवादको प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here