दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा गिरावट

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको चौंथो दिन शेयर बजार मापक सूचक (नेप्से) २०.३१अंकले घटेर २०२५.१२ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २६९कम्पनीको १ अर्ब ६९ करोड ९९ लाख ८० हजार ६२३ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । नेप्सेमा आज कारोबार भएका १३ उपसमुहको परिसूचक ओरालो लागेको छ ।

आज हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार भएको छ । यसको ८ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here