सोल्टी होटलको नाफामा उछाल

फाइलफोटो

काठमाडौं । सोल्टी होटल लिमिटेडको खुद नाफामा उछाल आएको छ । कम्पनीले बिहीबार सार्वजनिक गरेको गत आव २०७९/८० को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ८३.४० प्रतिशतले बढेको छ ।

गत असार मसान्तसम्म कम्पनीले ५४ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको तुलनामा २४ करोड ७९ लाख रुपैयाँ धेरै हो । अघिल्लो वर्ष कम्पनीले २९ करोड ७२ लाख रुपैयाँ नाफा कमाएको थियो ।

पछिल्लो समय पर्यटकीय गतिविधिमा उल्लेख्य सुधार आएसँगै कम्पनीको आम्दानी बढ्दा नाफामा उच्च वृद्धि आएको हो । स्वदेशी तथा विदेशी पर्यटकको आवगमन बढ्दा कम्पनीको व्यवसायमा आर्कषक सुधार आएको छ ।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ६४.२७ प्रतिशतले बढेर २ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । यस्तै, कम्पनीको संचालन नाफा दोब्बरले बढेर ६८ करोड ४० लाख रुपैयाँ पुगेको छ ।

हाल ८८ करोड ४८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा १ करोड २१ लाख रुपैयाँ संचित छ ।

नाफामा गएसँगै कम्पनीको प्रतिसेयर आम्दानीमा पनि उल्लेख्य बढेको छ । अघिल्लो वर्ष ३.५३ रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी गत वर्ष बढेर ६.१६ रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ २३.६८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ७८.३१ गुणा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here