पोखरामा आइपीओ ल्याउने योजनासहित यस्तो बन्दैछ पाँच तारे ‘बाराही सेदी’

काठमाडौं । बाराही ग्रुपले पोखराको सेदीमा ६ अर्बको लगानीमा पाँचतारे होटल सञ्चालनको तयारी गरेको छ । बाराही ग्रुपको नेतृत्वमा निर्माणाधीन उक्त होटल सन् २०२६ भित्र सञ्चालनमा ल्याइने भएको छ ।

‘बाराही सेदी’ को ४६ प्रतिशत निर्माण सम्पन्न भएको होटलको ५१ प्रतिशत सेयर बाराही ग्रुपको रहेको छ बाँकी ४९ प्रतिशत मध्ये १० प्रतिशत आइपिओमा जाने योजना छ भने ३९ प्रतिशत प्रमोटर सेयर सङ्कलन भइरहेको हस्पिट्यालिटीका कर्पोरेट डाइरेक्टर योगेन्द्र थापाले जानकारी दिए ।

बाराही सेदी लिमिटेडले गत मंसिरदेखि न्युनतम १० लाख रुपैयाँबाट प्रमोटर शेयर लिन सुरू गरेको हो । हालसम्म करिब २ सय जनाले कम्पनीको २३ प्रतिशत प्रोमोटर सेयर लिइसकेका छन् भने बाँकी १६ प्रतिशतका लागि लगानी गर्न खुल्ला रहेको उनले बताए ।

क्यासिनो समेत रहने होटलमा १२ सय जना क्षमताको सभाहल निर्माणको हुँदैछ । उक्त हल निर्माण पछि नेपालकै ठूलो सभाहल बन्ने थापाले बताउँछन् ।

सन् २०२६ बाट सञ्चालनमा ल्याउने योजना रहेको यस लक्जरी रिसोर्टमा हुने सभाहल नेपालकै सबैभन्दा ठूलो बन्ने बताइएको छ । होटल ६३ रोपनी क्षेत्रफलमा फैलिएको छ, जसमा १४० लक्जरी रूम, १० वटा प्रेसिडेन्सियल स्वीट रुम, ११ वटा सर्भिस अपार्टमेन्ट रहनेछ ।

कम्पनीले वातावणीय प्रभाव मूल्यांकन (इआईए) तथा नक्सा पास लगायतका प्रक्रिया पूरा गरि होटल निर्माण कार्य गरिरहेको थापाले जानकारी दिए ।

‘सबै प्रक्रिया पूरा गरि हामी काम गरिरहेका छौं ।’ थापा भन्छन् ‘पोखरामा विगतमा लक्जरी होटलको अभाव रहेको थियो । सरकारले सन् २०१४ मा आयोजना गर्ने भनेको सार्क समिट सेवा सुविधाको अभावमा आयोजना हुन सकेको थिएन । तर बाराही सेदी सञ्चालनमा आएपछि भने यस्तो समस्या नहुने हाम्रो विश्वास छ ।’

४० वर्षअघि पोखरामा १० कोठाको प्याराडाइज गेस्ट हाउस सञ्चालन गर्दै स्थापना भएको बराही ग्रुपले हाल पोखराका साथै चितवन र काठमाडौंमा समेत होटल सञ्चालन गर्दै आएको छ ।

पोखराको लेकसाइडमा बाराही हस्पिटालिटीका संस्थापक हरिप्रसाद पौडेल र बसन्ती पौडेलले १० कोठासहित प्याराडाइज गेस्ट हाउस सुरू गरेका थिए । सोही होटलमा पछि सुविधा थप गरी सन् १९९१ मा होटल बाराही नामकरण गरिएको हो ।

पौडेलका छोराहरू विप्लव र वैभवसँगै दुई दशकभन्दा लामो समयदेखि योगेन्द्र थापासहितको टिमले बाराही ग्रुप अगाडि बढाउँदै आएका छन् । छोरा विप्लवको उच्च भिजनसहितको नेतृत्वले बाराही हस्पिटालिटी अहिले अगाडि बढिरहेको छ ।

हस्पिटालिटीअन्तर्गत चितवनको बाराही जंगल लज, पोखराको होटल बाराही, सराङकोट माउन्टेन लज, आभास पोखरा र बाराही काठमाडौँ सञ्चालनमा छन् ।
यस्तै, ग्रुपले पोखरामा व्यञ्जन रेस्टुरेन्ट र द बिच बार एन्ड लज समेत सञ्चालनमा ल्याएको छ ।

बाराही ग्रुपका होटलहरुमा मनसुन अफर

बाराही ग्रुपले आफ्नो ग्रुपमा सञ्चालित होटलमा मनसुन अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत चितवन मेघौलीमा रहेको बाराही जंगल लजमा २ रात तीन दिनको ३३ हजारको प्याकेज २३ हजार ५ सय रुपैयाँमा बिक्री गरिन लागेको छ ।

चितवन राष्ट्रिय निकुञ्ज नजिकै २३० रोपनीमा फैलिएको लग्जरी रिसोर्टमा ३९ वटा कटेज रुम र प्राइभेट स्विमिङ पुलसहितको स्विट भिल्ला छन् ।

यस्तै, कम्पनीले पोखरा लेकसाइडमा रहेको होटल बाराहीमा जोडीका लागि २ रात ३ दिनको प्याकेज जोडीलाई १९ हजार ९ सय ९९ रुपैयाँमा बिक्री गर्ने योजना बनाएको छ ।

यस्तै, ग्रुपले सञ्चालनमा ल्याएको सराङकोट माउन्टेन लजमा दुई जनालाई एक रातको १४ हजारमा लक्जरेव रूम बिक्री गर्ने योजना बनाएको छ ।

पोखरा लेकसाइडको ९ नम्बर मार्गमा रहेको आवास पोखरामा जोडीका लागि एक रात डिलक्स रुम, ब्रेकफास्ट, रोमान्टिक क्याण्डिल लाइट डिनर र कपल्स केकको शुल्क ६ हजार रुपैयाँ छ । रुफटप स्विमिङ पुल भएको आवाष पोखरा ३ स्टार स्ट्यान्डर्ड होटल हो ।

कान्तिपथ केशरमहलमा भर्खरै सञ्चालन आएको होटल बाराही काठमाडौंमा ल्याबिस ब्रञ्च, अराउण्ड अफ ड्रिंक्ससहित स्विमिङ पुल प्रयोग गर्ने प्याकेज शनिबारका लागि उपलब्ध गराएको छ ।

प्याकेजअनुसार वयस्कका लागि २ हजार ३९९ रुपैयाँ र हरेक बालबालिकालाई प्रतिव्यक्ति १ हजार १९९ रुपैयाँ शुल्क कायम गरिएको छ । यो प्याकेज उपभोग गर्न प्रि बुकिङ गर्नुपर्नेछ । सबै होटलका मनसुन अफर सेप्टेम्बर १५ सम्म लागू हुनेछ ।

यसबाहेक काठमाडौंको केशरमहल अगाडि रहेको ग्रुपको नयाँ होटल बाराही काठमाडौंमा सन् २०२३ सम्म प्रति जोडीका लागि सञ्चालन अफरस्वरुप ८ हजार रुपैयाँ शुल्कमा रुम र ब्रेकफास्ट कायम गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here