सन्दीपको मुद्दामा पीडितकी आमाको जन्ममिति यकिन गर्न आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कार अभियुक्त क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा बिहीबार न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडितकी आमाको जन्ममिति यकिन यकिन गर्न आदेश दिएको छ।

पीडितको उमेर सम्बन्धी कागजातमा उनकी आमाकै उमेर दुईवटा देखिएपछि इजलासले पीडितकी आमाको जन्ममिति यकिन गर्न आदेश दिएको हो ।

बलात्कार पीडित भनिएकी नाबालिगको आमाको जन्ममिति एउटा कागजातमा २०५३ र अर्को कागजातमा २०३३ रहेको पाइएपछि उक्त जन्ममिति प्रमाणि गर्न भन्दै न्यायाधीश खतिवडाले आदेश दिएका हुन्।

गत फागुन १५ गते फास्ट ट्र्याकबाट सन्दीपविरूद्धको मुद्दा किनारा लगाउन सर्वोच्च अदालतले आदेश दिएको थियो। त्यसपछि कैयौं पटक मुद्दा सुनुवाइका लागि पेशी चढेपनि स्थगित भएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here