साताको अन्त्यमा पनि ओरालो लाग्यो शेयर बजार, २७ करोड ७३ लाखको कारोबार

काठमाडौं, १२ भदौ । साताको अन्तीम दिन अर्थात विहिवार नेप्से परिसूचक १.३३ अंकले घटेर १ हजार १ सय ९६.४१ अंकमा पुगेको छ ।

कारोबारमा आएका मध्ये बैङ्गिक र विकास बैंकको बाहेक अन्य सबै समुहको सूचक घटेको कारण सिङ्गो नेप्से परिसूक नै घटेको हो ।

विहिवार सबैभन्दा धेरै उत्पादन क्षेत्रको सूचक घट्यो । उत्पादन क्षेत्रको सूचक १.२६ प्रतिशतले घट्दा जिवन बिमा समुहको ०.९६ प्रतिशत, टे«डिङ समुहको ०.८३ प्रतिशतले छट्यो भने अन्य समुहको सामान्य अंकले घट्यो ।

विहिवार १ सय ७० कम्पनीको ९ लाख ७५ हजार ८ सय ३४ शेयर किनबेच हुँदा २७ करोड ७३ लाख ५९ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

विहिवार सबैभन्दा धेरै साबिको लघुबित्त वित्तीय संस्थाका शेयर धनीले कमाए । साबिकोको शेयर मूल्य ९.९८ प्रतिशतले बढ्यो ।

त्यस्तै, एनएलजी इन्स्योरेन्सको ३.७२ प्रतिशत, युनियन हाइड्रोपावरको ३.३९ प्रतिशतले बढ्यो भने अन्य कम्पनीको सामान्य अंकले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा युनाईटेड फाइनान्सका शेयर धनी रहेका छन् । युनाईटेडको शेयर मूल्य ६.४१ प्रतिशतले घट्यो ।

त्यस्तै, कर्णाली विकास बैंकको ३.७० प्रतिशत, मिथीला लघुवित्त वित्तीय संस्थाको ३.६२ प्रतिशतले घट्यो भने अन्य कम्पनीको सामान्य अंकले घट्यो ।

विहिवार सबैभन्दा धरै कारोवार गर्नेमा कुमारी बैंक लिमीटेड रहेको छ । बैंकले १ करोड ६२ लाख ४४ हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here