ब्रोडब्यान्ड इण्टरनेट स्पीडमा नेपाल भारतभन्दा अगाडि, मोबाइलमा निकै कमजोर

काठमाडौं । मोबाइल र ब्रोडब्यान्ड नेटवर्क इन्टेलिजेन्स कम्पनी ओक्लाले सार्वजनिक गरेको इण्टरनेट स्पीड सूचकांकमा नेपाल ८२ औं स्थानमा रहेको छ ।

ब्रोडब्यान्ड इण्टरनेटको सूचीमा पहिलो नम्बरमा सिंगापुर रहेको छ । जसकाे इन्टरनेटको डाउनलोड स्पीड २४७.४४ एमबीपीएस रहेको छ भने अपलोड स्पीड २०५.७३ एमबीपीएस रहेको छ ।

त्यस्तै दोश्रो स्थानमा २४२.९९ एमबीपीएस सहित हंगकंग छ भने तेश्रो स्थानमा चिली रहेको छ । चिलीको इण्टरनेट स्पीड २४०.३४ एमबीपीएस रहेको छ ।

चौथोमा युएई (२३८.२८) र पाँचौँमा थाइल्याण्ड (२११.२८) छ भने अमेरिका छैटौँ स्थानमा छ । अमेरिकामा ब्रोडब्याण्ड इण्टरनेटको गति २०७.३२ एमबीपीएस रहँदा सातौँ स्थानमा रहेको चीनको स्पीड १९३.६६ रहेको छ ।

त्यस्तै आठौँमा १९२.६८ एमबीपीएस सहित डेनमार्क रहँदा नबौँमा स्पेन रहेको छ । स्पेनको ब्रोडब्याण्ड इण्टरनेट स्पीड १७८.९४ एमबीपीएस छ भने दशौँ स्थानको ताइवानको इण्टरनेट गति १७७.४३ एमबीपीएस छ । भारत नेपालभन्दा पछाडि ८५ औं स्थानमा छ ।

ओक्लाका अनुसार नेपालको ब्रोडब्यान्ड इण्टरनेटको डाउनलोड स्पीड ५५.५७ एमबीपीएस र अपलोड स्पीड ५०.०३ एमबीपीएस रहेको छ ।

इण्टरनेट लेटेन्सी (ढिलो चल्ने वा सुस्तता) भने ५ मिलिसेकेन्ड छ । १८२ देश तथा क्षेत्रको ब्रोडब्यान्ड इण्टरनेट स्पीडको सूचीमा मोबाइल इण्टरनेटको हकमा भने १४३ देश तथा क्षेत्रमध्ये नेपाल १२७ औं स्थानमा रहेको छ ।

नेपालको मोबाइल इण्टरनेटको डाउनलोड स्पीड १३.९६ एमबीपीएस र अपलोड स्पीड ९.४८ एमबीपीएस रहेको छ । लेटेन्सी २२ सेकेन्ड रहेको छ ।

मोबाइल इण्टरनेट स्पिडमा चीन १२औं स्थानमा र भारत ५३औं स्थानमा रहेको छ । एसियाका सबै मुलुक नेपालभन्दा अगाडि छन् भने नेपाभन्दा पछाडि रहेका अधिकांश मुलुकहरु अफ्रिकी महादेशका छन् ।

युएई मोबाइल इण्टरनेटको गतिमा भने विश्वकै पहिलो स्थानमा रहेको छ । युएईको मोबाइल इण्टरनेटको स्पीड २०५.७७ एमबीपीएस रहेको छ । त्यस्तै दोश्रो स्थानको कतारमा मोबाइल इण्टरनेट स्पीड १८६.३५ रहँदा तेश्रो स्थानको कुवेतको १६०.८७ एमबीपीएस छ ।

चौथो स्थानमा दक्षिण अमेरिकी मुलुक उरुग्वे छ । जसको मोबाइल इण्टरनेट स्पीड १४९.०८ एमबीपीएस रहँदा पाँचौ स्थानको दक्षिण कोरियाको १४०.४९ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here