दोहोरो अंकले बढ्यो नेप्से, घोराही सिमेन्टको सर्वाधिक कारोबार

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक (नेप्से) २९.४७ अंकले बढेर २०२४.४५ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २७३ कम्पनीको १ अर्ब ५१ करोड ४ लाख ८८ हजार ९८४ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचकमा हरियाली छाएको छ । जलविद्युत उपसमूहको परिसूचक सबैभन्दा धेरै २.७४ प्रतिशतले बढेको छ ।

आज घोराही सिमेन्टको शेयर सर्वाधिक कारोबार भएको छ । यसको ७ करोड ५७ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

दोहोरो अंकले बढेको बजारमा कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका शेयर धनीले १० प्रतिशत कमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here