सुनको मूल्य प्रतितोला एक हजारले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १३ भदौ । लगातार उकालो लाग्दै गएको सुनको मूल्यमा आज १ हजार रुपैयाँले गिरावट देखिएको छ ।

विहिवार प्रतितोला रु ७३ हजार ४०० मा कारोवार भएको छापावाला सुनको मूल्य आज प्रतितोला रु १ हजारले घटेर रु ७२ हजार ४ सय कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

शुक्रवार तेजाबी सुनको मूल्य पनि १ हजार रुपैयाँले घटेको छ । तेजाबी सुनको मूल्य प्रतितोला रु १ हजारले घटेर रु ७२ हजार १ सय कायम भएको छ । विहिवार तेजाबी सुन प्रतितोला रु ७३ हजार १ सय रुपैयाँमा कारोवार भएको थियो ।

त्यसैगरी चाँदीको मूल्य पनि केही ओरालो लागेको छ । विहिवार प्रतितोला रु ८९५ मा कारोवार भएको चाँदीको मूल्य आज प्रतितोला रु ८८५ कायम भएको महासङ्घले जनाएको छ ।

पछिल्लो एक महीनाको अवधिमा सुन र चाँदीको मूल्य निकै आकाशिएको छ । साउन महीनामा मात्रै सुनको मूल्य प्रतितोला रु छ हजारसम्मले बढेको थियो ।

यो वर्ष सुनको मूल्य अहिलेसम्मकै उच्च रु ७३ हजार ५०० मा खरीद बिक्री भएको थियो । चीन–अमेरिका व्यापार टवराव, अमेरिका–इरान तनावलगायत कारणबाट विश्व बजारमा सुनको मूल्य उकालो लाग्दै गएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here