इन्टर मियामी यूएस ओपन कपको फाइनलमा

काठमाडौं । अमेरिकन सकर क्लब इन्टर मियामी युएस ओपन कपको फाइनलमा प्रवेश गरेको छ । आज बिहान सम्पन्न सेमिफाइनल खेलमा सिनसिनाटीलाई टाइब्रेकरमा ५–४ ले हराउँदै मियामी उपाधि नजिक पुगेको हो ।

सिनसिनाटीको मैदान टीक्यूएल रंगशालामा खेलको निर्धारित र अतिरिक्त समय ३–३ को बराबरीमा सकिएको थियो । त्यसपछि नतिजाको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो ।

पेनाल्टीमा घरेलु टिमविरुद्ध ५–४ को जित निकाल्दै मियामीले फाइनलमा स्थान निश्चित गर्‍यो । पेनाल्टीमा इन्टर मियामीका कप्तान लियोनल मेसी, फाकुन्डो फारिएस, डेभिड रुइज, जोसेफ मार्टिनेज र बेन्जामिन क्रेस्मास्चीले गोल गरे ।

सिनसिनाटीका युया कुबो, सान्टीगो एरिएस, सर्जिओ सान्टोस र म्याट मिएज्गाले गोल गरे । सिनसिनाटीबाट अन्तिम प्रहारका लागि आएका निक ह्यागलड गोल गर्न चुकेपछि मियामी क्लब इतिहासकै दोस्रो उपाधिनजिक पुगेको हो ।

अब उपाधिका लागि मियामीले ह्युस्टन डाइनामो र रियल साल्ट लेकबीचको विजेताको सामना गर्नेछ । फाइनल खेल २७ सेप्टेम्बरमा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here