तीजमा कसरी राम्री देखिने ? यसरी गर्नुहोस् मेकअप

काठमाडौं । हिन्दू नारीहरुको महान चाड हरीतालिका तीज नजिकीँदै छ । यस पर्वमा देशभरका शिव मन्दिरमा हिन्दू नारीहरुको घुँइचो लाग्ने गर्छ ।

हरेक वर्ष भाद्र शुक्ल पक्षको तृतीया तिथीमा तीज पर्व मनाईन्छ । तीजमा विशेषगरी दर खान माइती जाने चलन रहेको छ । यो वर्ष भदौ १५ गते दर खाने र भदौ १६ गते तीज परेको छ ।

आफ्नो पतिको सुस्वास्थ्य र दिर्घायुको कामना गर्दै महिलाहरु निराहार व्रत बसी भगवान शिवको पूजा आराधना गर्ने गर्छन् । साथै तीज पर्वमा महिलाहरु नाचगान गरेर आफ्नो दुख वेदना गीतमार्फत पोख्ने गर्छन् ।

यस पर्वमा सौन्दर्य र श्रृगांरको छुट्टै महत्व रहन्छ । व्रत र श्रृगांरकै माध्यमबाट भगवान शिव र पार्वतीलाई खुसी पार्ने कोसिसमा हिन्दू नारीहरु हुन्छन् ।

त्यसकारण पनि यस पर्वमा श्रृगांरको अन्य समयमा भन्दा धरै महत्व हुन्छ । राम्रो र चमकदार साडी किन्ने, गहनाहरु लगाउने जस्ता श्रृगांरको माध्यमबाट अरुभन्दा राम्रो देखिने प्रयासमा हरेक नारीहरु रहन्छन् ।

यस्तो अवस्थामा अरुभन्दा फरक देखिनको लागि कपडा र गहना मात्रै नभएर मेकअपमा पनि विशेष रुपमा ध्यान दिन आवश्यक हुन्छ ।

हामी आज तपाईंलाई तीजमा कस्तो मेकअप गर्दा अरुभन्दा राम्रो र फरक देखिन्छ भन्ने बारेमा भन्न गईरहेका छौं ।

तीजमा यस्तो मेकअप गर्नुस्

— मेकअप गर्नुभन्दा पहिले मेकअप गर्ने स्थानको छनोट गर्नुपर्दछ । यसरी छनोट गर्दा पुर्ण रुपमा उज्यालो आउने स्थानको छनोट गर्नुपर्दछ ।

धेरै उज्यालो भएको स्थानमा मेकअप गर्दा कुन स्थानमा धेरै मेकअप लगाउने वा कुन स्थानमा कम भन्ने बारेमा सबै जानकारी हुन्छ ।

— सधैं मेकअपको सुरुवात गर्दा प्राइमरबाट सुरु गर्नुपर्दछ । सुरुमा अनुहारको सबै भागमा प्राइमर लगाउनुपर्छ । यसो गर्दा मेकअप गर्न सजिलो हुनुका साथै मेकअप चमकदार देखिन्छ ।

— अनुहारमा भएको दाग तथा धब्बालाई छोप्नको लागि कन्सिलरको प्रयोग गर्नुपर्दछ । कन्सिलरलाई आँखाको तल तथा आइब्रोको बीचमा लगाउनुपर्छ । यसो गर्दा अनुहारको दाग कम देखिन्छ ।

— यस मौसममा फाउन्डेसन र पाउडरको प्रयोगबाट टाढा बस्नुपर्छ । पसिनाको कारण बिग्रने सम्भावना धेरै हुन्छ ।

— यस मौसममा वाटर प्रुफ र हल्का—फुल्का मात्रै मेकअप लगाउनुहोस् । यसो गर्दा अनुहार राम्रो देखिनुको साथै पानी वा पसिनाले पनि मेकअपलाई प्रभाव पार्न सक्दैन् ।

— तपाईंको मेकअप गाजल बिना अपुरो हुने गर्छ । त्यसैले सँधै आँखामा गाजल लगाउनुहोस् ।

— यस्तो मौसममा पग्लिने खालको टिका वा सिन्दुर लगाउन हुँदैन् । किनकी यस मौसममा गर्मी हुने र पसिना आउने हुँदा यस्तो टिका, सिन्दुर बगेर अनुहारमा आउँछ र मेकअप बिग्रने गर्छ । त्यसकारण रेडिमेड नपग्लिने खालको टिका वा सिन्दुर लगाउनुहोस् । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here