शेयर बजारमा एकदिन पनि टिकेन हरियाली, उच्च अंकको गिरावट

काठमाडौं । अघिल्ला दुई दिन लगातार ४७ अंकले बढेको शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक (नेप्से) ३१.५२ अंकले घटेर २०१३.९३ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २७५ कम्पनीको १ अर्ब ५५ करोड ५ लाख ८२ हजार ६८५ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचकमा घटेको छ । फाइनान्स उपसमूहको परिसूचक सबैभन्दा धेरै २.९२ प्रतिशतले घटेको छ ।

आज सोल्टी होटलको शेयर सर्वाधिक कारोबार भएको छ । यसको ७ करोड ८७ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

दोहोरो अंकले घटेको बजारमा कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका शेयर धनीले १० प्रतिशत कमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here