भगवती हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको प्राथमिक साधारण सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ ५ गतेदेखि आम सर्वसाधरणका लागि प्रिमियम मूल्यमा बिक्रीमा ल्याएको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता ११६ रुपैयाँ दरले ७ लाख १२ हजार २२० कित्ता सेयर बिक्रीमा ल्याएको छ । लगानीकर्ताले उक्त आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here