काठमाडौंलाई ट्रान्जिट बनाएर आजदेखि भैरहवाबाट हङकङ र दिल्ली उडान

काठमाडौं । नेपाल वायुसेवा निगमले आजदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंलाई ट्रान्जिट बनाएर हङकङ र दिल्लीमा नियमित उडान गर्ने भएको छ ।

उडान तालिकाअनुसार आज बिहान ८ः१५ मा भैरहवाबाट उडेको जहाज ९ः०० बजे काठमाडौँमा अवतरण गर्नेछ।

११ बजे निगमको हङकङ उडान र दिउँसो १ बजे दिल्ली उडानमार्फत यात्रुलाई गन्तव्य देशमा पठाउने तयारी छ।

यात्रुको सुविधाको लागि चेक इन गर्दाकै बखत गन्तव्यसम्मकै बोर्डिङ् पास दिने र लगेज सिधै गन्तव्यमा लिने व्यवस्था मिलाइने बताइएको छ ।

यसका लागि १० गतेबाट नै टिकट बुकिङ खुलाइएको थियो । यसअघि निगमले भैरहवाबाट सिधै दिल्ली उडानको तयारी गरे पनि भारतले उडान अनुमति दिएको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here