झिनो अंकले घट्यो नेप्से, कारोबार रकम साढे ८६ करोडमा सीमित

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) ५.५ अंकले घटेर १९९३.४२ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २७९ कम्पनीको ८६ करोड ५१ लाख २० हजार ४५२ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमहरु मध्ये ९ वटाको बढेको छ भने अन्यको परिसूचकमा घटेको छ ।

कुथेली बुखरी स्मल हाइड्रोपावर र ग्लोवल आइएमई ब्यालेन्स फण्डको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका शेयर धनीले १० प्रतिशत कमाएका छन् ।

माछापुच्छ्रे बैंकको शेयर सर्वाधिक कारोबार भएको छ । यसको शेयर ३ करोड ६२ लाख, आइएमइ लाइफको ३ करोड २४ लाखको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here