प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा भ्रष्टाचार, मेयर र वडाध्यक्षसहित ८ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको कार्यक्रममा अनियमितता गर्ने सप्तरीको बोदेबसाईन नगरपालिकाका मेयर आतेशकुमार सिंहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ लाख ७१ हजार ९२१ रुपैयाँ बिगो दाबी गर्दै अभियोगपत्र दर्ता गरेको हो । नगरपालिकाका नगर प्रमुख आतेशकुमार सिंह र पशु विकास अधिकृत अर्जुनप्रसाद यादवसहित आठजनाविरुद्ध मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

बाख्रा व्यवसायी पकेट कार्यक्रमअन्तर्गत कृषक समूहसँग मिलेर अनियमितता गरेको आरोप उनीविरुद्ध लागेको छ । अख्तियारले वडा-४ अध्यक्ष रामानन्द चौधरी, निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादब, लेखापाल सरोज कुमार मन्डल, पशु विकाश अधिकृत अर्जुनप्रसाद यादवलाई प्रतिवादी बनाइएको छ ।

यस्तै, माँ जगदम्बा कृषक समूहका अध्यक्ष राधेश्याम कुमार शाह र कोषाध्यक्ष निलमकुमारी शर्माविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

नगरपालिकाबाट आर्थिक वर्ष २०७७-७८ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बाख्रा व्यवसायी पकेट कार्यक्रमका लागि विनियोजन भएको बजेटमा अनियमितता भएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here