आजदेखि विमानस्थल ७ घण्टा बन्द, नेपाल एयरलाइन्स कसरी उड्छ जापान ?

काठमाडौं, १५ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइतबारदेखि दैनिक ७ घण्टा बन्द हुदैछ । विमानस्थलमा धावनमार्गसहित ट्याक्सीवे र अन्य पूर्वाधारको स्तरोन्नति तथा पुनरुद्धारको काम सम्पन्न गर्न आगामी ३ महिना अवधिका लागि विमानस्थल ७ घण्टा बन्द गर्न लागिएको हो ।

अब राती दैनिक साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म विमानस्थल बन्द गरिनेछ । त्यस अवधिमा ट्याक्सी वे, लाइट मर्मत तथा अन्य बाँकि काम सम्पन्न हुने विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार १ सेप्टेम्बरबाट ३१ डिसेम्बरसम्म विमानस्थल ७ घण्टा बन्द गर्न लागिएको हो । यसअघि १९ चैतदेखि १५ असारसम्म विमानस्थल दैनिक १० घण्टा बन् गरिएको थियो ।

यस अवधिमा ३ हजार ५० मिटर लामो धावनमार्गको पीच उप्काएर नयाँ फेरिएको छ । अब ट्याक्सीवेमा समेत सोही विधि अपनाइदैछ । करीव ४ अर्ब रुपैयाँ खर्चेर यो आयोजना सम्पन्न हुने कार्यक्रम रहेको छ ।

विमानस्थलका अनुसार काम भइरहने समय मै नेपाल एयरलाइन्सको जहाज जापान उड्छ । किनकी जापान उडानको समय साताको तीन दिन राती साढे २ बजे तोकिएको छ ।

यस अवधिमा नेपाल एयरलाइन्सका लागि मात्र आधा घण्टा विमानस्थल खुला गरिने विमानस्थल व्यवस्थापनको योजना रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here