ट्वीटरमा पनि अब अडियो र भिडियो कलको सुविधा

एजेन्सी । एलन मस्कले एक्स (ट्वीटर)मा छिट्टै अडियो र भिडियो कल गर्न मिल्ने फिचर उपलब्ध हुने घोषणा गरेका छन्।

उनले लेखेका छन्, ‘एक्स’मा अडियो र भिडियो कलिङ सुविधा चाँडै आउँदै छ । यसले आईओएस, एन्ड्रोइड, एप्पल म्याक र माइक्रोसफ्ट कम्प्युटरहरूमा काम गर्नेछ ।’ मस्कले यो फिचरका लागि फोन नम्बर आवश्यकता नरहेको पनि बताएका छन्।

यद्यपि, यो सुविधा पहिले नै ह्वाट्सएप, फेसबुक मेसेन्जर, इन्स्टाग्राम जस्ता मेसेजिङ एपहरूमा उपलब्ध छ । उनले एक्सलाई प्रभावकारी ‘ग्लोबल एड्रेस बुक’ भनेका छन्।

केही हप्ता अघिमात्रै मस्कले ट्विटरको रिब्रान्डिङ गर्दै लोगोबाट चरा हटाएका थिए। त्यसपछि ट्वीटरलाई उनले ‘एक्स’ नामबाट संचालन गर्न थालेका हुन्। एक्सलाई मस्कले सुपर एप बनाउने योजना बनाएका छन्।

भिडियो र अडियो कलको सुविधा कहिलेसम्म उपलब्ध हुने भन्नेबारेमा मस्कले केही बताएका छैनन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here