सिटिजन लाइफ इन्स्योरेन्सको प्रिमियममा आइपीओ खुल्यो

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले आज (कार्यालय समय)देखि प्राथमिक साधरण सेयर (आइपीओ) बिक्री गर्ने भएको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधरणका लागि प्रिमियम मूल्यमा आइपीओ बिक्रीमा ल्याएको हो ।

इन्स्योरेन्सले अंकित मूल्य १०० रुपैयाँमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २४४ रुपैयाँ दरले ९० लाख कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो ।

कम्पनीको आइपीओमा भदौ १९ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर बिक्री नभएमा मात्रै ढिलोमा भदौ २९ गतेसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here