भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित, सेमिफाइनलको सम्भावना बलियो

काठमाडौं । आईसीसी महिला ट्वान्टी–२० विश्वकप छनोटमा नेपालले भुटानविरुद्ध तीन विकेटको संघर्षपूर्ण जित निकालेको छ ।

मलेसियाको बांगीमा सम्पन्न खेलमा भुटानले प्रस्तुत गरेको ४० रन झिनो लक्ष्य १३.२ ओभरमा सात विकेट गुमाएर पूरा गर्‍यो ।

भुटानी बलरविरुद्ध ब्याटिङमा संघर्षरत देखिएको नेपाली टिमका चार ब्याटर शून्यमा पभेलियन फर्किएका थिए । नेपालका लागि कप्तान रुविना क्षेत्रीले अविजित १२ रन बनाइन्।

भुटानका लागि अञ्जुली घलेले तीन, छिरिङ जाङ्मोले दुई तथा सोनम छोदेन र अञ्जु गुरुङले एक-एक विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भुटानले आठ विकेट गुमाएर ३९ रन बनाएको थियो। भुटानका लागि कप्तान डिचेन वाड्गमोले २१ रन बनाइन्।

भुटानलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि पूजा महतोले तीन विकेट लिइन भने कविता कुँवर, खुसी डङ्गोल र रुबिना क्षेत्रीले समान एक-एक विकेट लिए।

नेपालले अब सोमबार कतारसँग खेल्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here