कोशीको विवाद पूर्ण इजलासमा, सोमबारदेखि निरन्तर सुनुवाइ हुने

काठमाडौं । कोशी प्रदेश सरकारविरुद्ध दायर रिटमाथि सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र शुष्मालता माथेमाको इजलासमा आइतबार परेको पेसीपछि इजलासले रिट ‘फुल बेन्च’मा पठाउने निर्णय गरेको हो । रिट नियमित सुनुवाइ हुने गरी पूर्ण इजलासमा पठाइएको छ ।

सभाको अध्यक्षता गरेका व्यक्तिले समेत मतदान गरी विश्वासको मत प्राप्त गरेको घोषणा गरिएको भन्दै एमालेले रिट दायर गरेको हो।

भदौ ४ मा मुख्यमन्त्री थापाले विश्वासको मत लिँदा सभाको अध्यक्षता गरिरहेका इस्राइल मन्सुरी र गीता तिम्सिनाले समेत मत दिएका थिए।

मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रूपमा विश्वासको मत लिएको भन्दै एमाले कोश प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले रिट दायर गरेका थिए।

कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री थापा लगायतलाई विपक्षी बनाई दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ न्यायाधीश खतिवडाको इजलासमा परेको थियो। मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै गत भदौ ७ गते खतिवडाको इजलासले तत्काल दिर्घकालीन असर पर्ने निर्णय नगर्न भन्दै मुद्दालाई अग्राधिकार दिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here