बाबुरामको टिप्पणी-‘जनतासँग माओवादी अभियान’ सयवटा मुसा खाएर हिडेको बिरालाको तीर्थयात्रा

काठमाडौं । नेकपा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले भ्रष्टाचार र अनियमततामा अनगिन्ती कीर्तिमान खडा गरेर राजनीतक दलहरू फेरि जनतामाझ भ्रम छर्न हिँडेको टिपपणी गरेका छन्।

माओवादी केन्द्रले ‘जनतासँग माओवादी अभियान’ शुरु गरेको भोलिपल्ट आइतबार बिहान सामाजिक सञ्जालमा टिप्पणी गरेका हुन्।

ट्वीटरमा उनले भनेका छन् ‘सयवटा मुसा खाएर बिरालो तीर्थयात्रामा हिंडेथ्यो रे!’, उनले लेखेका छन्, ‘केही पुराना दल र नेता राज्यसत्ताको चरम दोहन/भागबण्डा, कमिसनखोरी,शक्तिकेन्द्रहरूको दलाली,आसेपासेहरूको घिनलाग्दो जालो निर्माण,विचार–आदर्श–मूल्यमान्यता–नैतिकताबाट पूरै स्खलन, तडकभडक र विलासिता लगायतका दुष्कर्मका अनगिन्ती कीर्तिमान खडा गरेर अहिले फेरि गोहीका आँसु र फोस्रा गफसहित जनतामा भ्रम छर्न हिँड्नु उस्तै उस्तै भएन र?’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here