पूर्णीमायाले दिइन् भीम उपाध्यायलाई माफी, मुद्दा फिर्ता लिन लिखित सहमति

काठमाडौं । धरानमा गोरु काटेर मासु खाएको भनेर नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले चितवन भरतपुर महानगरपालिका–१६ की पूर्णीमाया गुरुङ भिडिओ सामाजिक सञ्जालमा राखेपछि चुलिएको विवाद साम्यभएको छ ।

उपाध्यायले गुरुङको फोटोसहित फेसबुकमा गोरुको मासु खाने भनेर राखेको पोष्टबारे माफी मागी आगामी दिनमा यस्तो क्रियाकलाप नदोहोर्याउने प्रतिवद्धता व्यक्त गरेसँगै विवाद सुल्झिएको हो ।

तमु हयुल छोज धी गुरुङ राष्ट्रिय परिषद चितवनको संयोजनमा तमु हयुल छोज धी गुरुङ राष्ट्रिय परिषद केन्द्रीय समिति र तमु प्ये ल्हुँ संघ चितवनका पदाधिकारीहरुको रोहबरमा उनीहरुबीच सहमति भएको हो ।

सहमतिपछि उनले भोलि फर्किएर जिल्ला प्रहरी कार्यालय चितवनमा दिएको साइबर अपराधको उजुरी फिर्ता लिनेछिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here