बंगलादेश एसिया कपको सुपर फोरमा प्रवेश

काठमाडौं । अफगानिस्तानविरुद्ध ८९ रनको जित निकाल्दै बंगलादेश एसिया कप–२०२३ को सुपर फोरमा प्रवेश गरेको छ ।

आइतबार पाकिस्तानको लाहोरस्थित गद्दाफी रंगशालामा भएको खेलमा बंगलादेशले प्रस्तुत गरेको ३३५ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले ४४.३ ओभरमा सबै विकेट गुमाएर २४५ रनमात्र बनायो ।

अफगानिस्तानका इब्राहिम जद्रानले ७५ रन बनाए पनि टिमको हार टार्न सकेनन् । कप्तान हस्मतुल्लाह साहिदीले ५१ रन थपे । रहमत साहले ३३, राशिद खानले २४, नजिबुल्लाह जद्रानले १७ र गुलबदिन नैबले १५ रन बनाए ।

बंगलादेशका तक्सिन अहमेदले चार विकेट लिए । जितसँगै दुई खेलबाट दुई अंकसहित बंगलादेशले सुपर फोरमा स्थान बनाएको हो । अफगानिस्तानको भने प्रतियोगितामा यो पहिलो खेल हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here