महिला टी-२० विश्वकप छनोट: कतारलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं । नेपाल मलेसियामा जारी आईसीसी वुमन्स टी-२० विश्वकप एसिया छनोटमा समूह ए बाट सेमिफाइनलमा प्रवेश गरेको छ । कतारलाई ९ विकेटले पराजित गर्दै नेपाल एक खेल अगावै सेमिफाइनलमा पुगेको हो । यो लगातार चौथो जित हो ।

कतारले दिएको ७५ रनको लक्ष्य नेपालले १०.३ ओभर खेल्दै एक विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा काजल श्रेष्ठले सर्वाधिक ३२ रन बनाइन् ।

यस्तै सीता राना मगरले १७ र इन्दु बर्माले नट आउट २० रन जोडिन् । इन्दुले १२ बलमा २० रन बनाएकी हुन् । सीताले २३ मा १७ रन र कविताले २८ बल खेल्दै ३२ रन बनाएकी हुन् ।

नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन, बहराइनलाई १० विकेट र भुटानलाई ३ विकेटले हराएको थियो । समूह ए मा लगातार चौथो जित हात पारेको नेपालको ४ खेलबाट ८ अंक छ । नेपालले अब समूहको अन्तिम खेलमा बुधबार यूएईसँग खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here