भगवती हाइड्रोपावरको आइपीओ बाँडफाँड, १२ लाखबढी आवेदकको हात खाली

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपीओ बाँडफाँड भएको छ ।

धितोपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा यो आइपीओ बाँडफाँड भएको हो । कुल १३ लाख ९ हजार ६६ जनाको आवेदन परेकोमा २३ सय ८९ जनाको आवेदन रद्द भएको छ ।

योग्य रहेका १३ लाख ६ हजार ६ सय ७७ जनालाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको हो ।

जस अनुसार ७१ हजार २ सय २२ जनाले १० कित्ताको दरले शेयर पाएका छन् । कम्पनीले गत भदौ ५ गतेदेखि भदौ ८ गतेसम्म सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ११६ रुपैयाँमा आईपीओ निष्कासन गरेको थियो। सर्वसाधारणले ७ लाख १२ हजार २२० कित्ताका लागि आवेदन दिन पाइने व्यवस्था गरिएको थियो।

कम्पनीले जारी पुँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको १५ प्रतिशतले हुन आउने ८ लाख ५८ हजार ९७ कित्ता शेयरमध्ये १० प्रतिशत ८५ हजार ८१० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ।

यसैगरी ५ प्रतिशतले हुन आउने ४२ हजार ९०५ कित्ता शेयर सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १७ हजार १६२ कित्ता शेयर छुट्याएर बाँकी ७ लाख १२ हजार २२० कित्तामा सर्वसाधारणका लागि आवेदन खुला गरिएको थियो।

कम्पनीको आइपीओको रिजल्ट https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् । यसैगरी, विक्री प्रबन्धकसिद्धार्थ क्यापिटलको वेबसाइटको वेबसाइट र मेरोसेयर मार्फत पनि नतिजा हेर्न सकिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here