भारतविरुद्ध नेपालले छक्का हिर्काउँदा र विकेट लिँदा १ लाख पुरस्कार पाउने

काठमाडौं । एशिया कप क्रिकेट अन्तर्गत आज हुने भारत र नेपाल बीचको खेलमा नेपालले हरेक छक्का हिर्काउँदा र विकेट लिँदा १ लाख रुपैयाँ पुरस्कार पाउने भएको छ ।

यती ब्रुअरीको उत्पादन अर्ना बियरले भारतविरुद्ध नेपाली खेलाडीले प्रहार गर्ने हरेक छक्काबापत नेपाली क्रिकेट टिमलाई नगद १ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।

यस्तै, नेपाली खेलाडीले भारतीय खेलाडीको विकेट लिँदा हरेक विकेटमा १ लाख रुपैयाँ पाउने भएका छन् । त्यसैगरी, नेपाली खेलाडीले प्रहार गर्ने हरेक चौका बापत २५ हजार रुपैयाँ दिइने कम्पनीले जनाएको छ ।

एशिया कप २०२३ अन्तर्गत हुने खेल नेपाली सबैको लागि ऐतिहासिक र धेरै गर्वको क्षण भएको कम्पनीले जनाएको छ ।

समूह ए अन्तर्गतको दोस्रो खेलमा आज नेपाल र भारत आमने सामने हुँदै छन् । उक्त खेल श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा नेपाली समय अनुसार दिउँसो ३ः१५ बजे आमने सामने हुँदै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here