सवारी साधन किन्नेलाई ग्लोबल आइएमई बैंकले कर्जा दिने

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेड र भिजि इम्पेक्स प्रा.लि.(जिडब्लुएमनेपाल)बीच ग्राहक वर्गलाई सहुलियत ब्याजदरमा विद्युतीय तथा इन्धनमा आधारित सवारीकर्जा प्रवाह गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीअनुसार बैंकले, भिजि इम्पेक्स प्रा.लि. तथा उक्त कम्पनीका आधिकारीक बिक्रेताले बिक्री गर्ने इन्धनमा आधारित ह्याभल ब्राण्डका एसयुभि, पावर ब्राण्डका पिकअप तथा ओआरए ब्राण्डका विद्युतिय सवारी साधन खरिद गर्न चाहने नेपाली नागरिकहरुले आवश्यक कागजात तथा विवरणसहित बैंकको शाखा कार्यालयमा निवेदन दिएपश्चात ३ कार्यदिनभित्र बैंकले नियमानुसार उचित ठहर्याएका ग्राहकलाई सहज रुपमा सवारी साधनकर्जा प्रवाह गर्नेछ ।

उक्त समझदारीपत्रमा बैंकका साना तथा मझौला कर्जा विभाग प्रमुख रुपेन्द्र वाग्ले र भि जि इम्पेक्स प्रा.लि.का उपाध्यक्ष रुपेश शर्मा भट्टले हस्ताक्षर गरे ।

आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले बिभिन्न किसिमका समयसान्दर्भिक योजनाहरु ल्याउँदै आएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५० शाखा, ३६९ एटिएम, ३२२ शाखारहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ११०० भन्दा बढी सेवाकेन्द्रबाट ४० लाखभन्दा बढी ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here