प्रतिकित्ता ५० रुपैयाँमै खुल्यो हाथवे इन्भेष्टमेन्टको आइपीओ

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले प्राथमिक शेयर (आइपीओ) निष्कासन खुला गरेको छ । कम्पनीले २१ भदौ बिहिबारदेखि प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यको आईपीओमा आवेदन माग गरेको हो ।

लगानीकर्ताले न्यूनतम २० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । उक्त आइपीओमा भदौ २५ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै शेयर बिक्री नभएमा ढिलोमा असोज ४ गतेसम्म आवेदन दिन पाउने छन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरुका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी त्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको संकेत गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here