आइफोन प्रयोगकर्ताका लागि ‘फ्रि सर्भिस क्याम्प’, आइफोन खरिदमा स्क्र्याच कुपन पनि

काठमाडौं, १५ भदौ । अमेरिकी कम्पनी एप्पलको नेपालको लागि अधिकृत वितरक जेनेरेशन नेक्स्ट कम्यूनिकेसन्सले एप्पल प्रयोगकर्ताहरुका लागि ‘फ्रि सर्भिस क्याम्प’ आयोजना ल्याएको छ ।

जेनेरेशन नेक्स्टले आइफोन प्रयोगकर्ताहरुको सुविधालाई ध्यानमा राखेर यहि भदौ १५ गते (सेप्टेम्बर १ तारिख) देखि भदौ २० गते (सेप्टेम्बर ६ तारिख) सम्म निशुल्क सर्भिस क्याम्प आयोजना गर्न लागेको हो ।

ग्राहकहरुले दरवारमार्ग स्थीत सेर्पामलमा रहेको आधिकारिक सर्भिस सेन्टर जेन नेक्स्टबाट उक्त सुविधा लिन सक्ने कम्पनीले बताएको छ ।

जेनेरेशन नेक्स्टले उक्त सर्भिस क्याम्पमा आफ्नो आइफोन देखाउने एप्पलका प्रयोगकर्ताहरुको लागि अफर पनि सार्वजनिक गरेको छ । जसमा पुरानो आइफोनबाट नयाँ आइफोनमा ब्याकअप ट्रान्सफरको सुविधा, सफ्टवेयरसँग सम्बन्धित सम्पूर्ण समस्याहरुको समाधान दिने, तथा आइफोन भित्र भएका डस्ट क्लिनिङ्ग लगायतको सेवा प्राप्त गर्न सकिने बताईएको छ ।

जेनेरेशन नेक्स्टका प्रबन्ध निर्देशक पबन भिमसरीयाले भने, ‘हामीले ग्रे आइफोनको आयातलाई रोक्न र आधिकारिक आइफोन किनेका ग्राहकहरुलाई सुविधा दिने उद्धेश्यले फ्रि सर्भिस क्याम्प आयोजना गरेका छौं ।’

जेनेरेशन नेक्स्टले नेपाली बजारमा आइफोन सिक्सएसको ३२ जीबी स्टोरेज, आइफोन सिक्सएस प्लसको ३२ जीबी, आइफोन सेभेन प्लस ३२ जीबी र १२८ जीबी, आइफोन ८ ६४ जीबी, आइफोन ८ प्लस ६४ जीबी र २५६ जीबी, आइफोन एक्स ६४ जीबी र २५६ जीबी, आइफोन एक्सएसको सबै स्टोरेज अप्सन, आइफोन एक्सएस म्याक्सको सबै स्टोरेज अप्सन र आइफोन एक्सआरको सबै स्टोरेज अप्सनहरु उपलब्ध गराएको छ ।

जेनेरेशन नेक्स्टले दशैंको अवसरमा आइफोन खरिदकर्ताहरुको लागि स्क्र्याच कुपन पनि उपलब्ध गराएको छ । स्क्र्याच कुपन सेप्टेम्बर १० देखि नोभेम्बर १० तारिख भित्रमा आइफोन किन्ने ग्राहकहरुले प्राप्त गर्ने बम्पनीले बतायो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here