कृषि ऋणमा छैन् किसानको चासो, ९३ प्रतिशत सरकारी अनुदानमा बेखबर

काठमाडौं । राष्ट्रिय कृषि गणना २०७८ को नतिजा अनुसार ९३ प्रतिशत किसानहरु सरकारी अनुदानमा बेखबर देखिएको छ ।

सरकारी अनुदानमा लिने कृषकहरुको संख्या ७ प्रतिशत मात्र रहेको छ । १२ प्रतिशत किसानले मात्रै कृषि ऋण लिएका छन् ।

कृषि ऋण लिनेहरु २०६८ मा २२ प्रतिशत रहेको थियो । कृषि गणना २०७८ अनुसार कृषकहरुको कृषि ऋणमा चासो नदेखाएको देखिएको छ । त्यस्तै कृषि बीमा गर्ने कृषकहरुमा ४ प्रतिशत मात्रै रहेको छ ।

कृषि उत्पादन गरेको वस्तु खपत र बेच्ने २५ प्रतिशतले मात्रै किसान रहेका छन् । नेपालमा उत्पादन गरेको सबै वस्तु बच्ने किसान १ प्रतिशत मात्रै रहेको तथ्याङमा देखिएको छ । कृषि उत्पादन गरेर वर्षैभर खान पुग्ने कृषक परिवार ४५ प्रतिशत रहेहेको तथ्याङ्कले देखाएको छ ।

नेपालका करिव ४० लाख परिवार खेतीपातीमा आवद्ध भएको पाइएको छ । कृषि गणनाअनुसार ३९ लाख ९९ हजार परिवारले खेतीपाती गरेको र एक लाख ३२ हजारले पशुपंक्षी पालन गरेको पाइएको छ ।

छैटौं गणना २०६८ मा ३७ लाख १६ हजार परिवारले खतीपाती गरेको र एक लाख १६ हजारले पशुपंक्षी मात्रै पालेका थिए । अहिले यो परिवार संख्या बढेको पाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here