आइतवार पनि ओरालो लाग्यो शेयर बजार, नेप्से साढे ११ अंकले घट्दा २९ करोडको कारोबार

काठमाडौं, १५ भदौ । आइतवार नेप्से परिसूचक ११.६३ अंकले घटेर १ हजार १ सय ८४.७८ झर्यो ।

कारोबारमा आएका समुहहरु मध्ये फाइनान्स बाहेक अन्य सबै समुहको सूचक घटेको कारण सिङ्गो नेप्से परिसूचक घटेको हो ।

आइतवार सबैभन्दा बढी जीवन बिमा समुहको सूचक घट्यो । जीवन बिमा समहुको सूचक २.६१ अंकले घट्यो ।

त्यस्तै, जलविद्युतको १.९४ प्रतिशत, होटलको १.८० प्रतिशत, र्निजीवन बिमाको १.७३ प्रतिशत र उत्पादन क्षेत्रको १.६१ प्रतिशतले घट्यो भने अन्य समुहको सामान्य अंकले घट्यो ।

आइतवार १ सय ६९ कम्पनीको ११ लाख ४ हजार ३ सय ९५ कित्ता शेयर किनबेच हुदाँ २९ करोड ७३ लाख ९८ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

आइतवार सबैभन्दा धेरै साबिको लघुवित्त वित्तीय संस्थाका शेयर धनीले कमाए । साबिकोको शेयर मूल्य ९.९८ प्रतिशतले बढ्यो ।

त्यस्तै, यूनाईटेड फाइनान्सको ९.७१ प्रतिशत, ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाको ४.९० अंकले बढयो भने अन्इ समुहको सामान्य अंकले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा सान्जेन जलविद्युत कम्पनीका शेयर धनी रहेका छन् । सान्जेनको शेयर मूल्य ६.४० प्रतिशतले घट्यो ।

त्यस्तै, रसुवागढी हाइड्रोपावरको ५.९४ प्रतिशत, ओरिएन्टल होटलको ५.५१ प्रतिशतले घट्यो भने अन्य समुहको सामान्य अंकले घट्यो ।

आइतवार सबैभदा धेरै कारोबार गर्ने संस्थामा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको । नेपाल लाइफले १ करोड ९७ लाख रुपैयाँको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here