माण्डु हाइड्रोपावरको आइपीओ बाँडफाँड, साढे ७ लाख आवेदकको हात खाली

काठमाडौं । माण्डु हाइड्रोपावरको प्राथमिक साधरण शेयर(आइपीओ) बाँडफाँड भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज बिहान आइपीओ बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार गोलाप्रथाबाट १ लाख २० हजार ५३२ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् भने ७ लाख ५२ हजार ३०५ जनाको हात रित्तो भएको छ ।

उक्त आइपिओमा कुल १० लाख १६ हजार ७१४ जनाले आवेदन दिएकोमा १ लाख ४३ हजार ८७७ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जनाएको छ ।

कम्पनीले सर्वसाधारणका लागि भदौ १० गतेदेखि १३ गतेसम्म प्रतिकित्ता २०६ रुपैयाँ दरले १२ लाख ५ हजार ३२० कित्ता शेयर बिक्रीमा ल्याएको थियो ।

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् । यसैगरी, बिक्री प्रबन्धक प्रभु क्यापिटको वेबसाइट र मेरोसेयर मार्फत पनि नतिजा हेर्न सकिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here