सानिमा इक्विटी फण्डको लाभांश घोषणा

काठमाडौं । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्डले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ।

भदौ २२ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले फण्डका इकाईधनीलाई १८ प्रतिशत नगद (करसहित) प्रतिफल दिने निर्णय गरेको हो ।

फण्डले योजनाको आकार १ अर्ब ३० करोड रुपैयाँको १८ प्रतिशत हुन आउने २३ करोड ४० लाख रुपैयाँ नगद इकाईधनीलाई बाँड्ने भएको हो ।

फण्डको योजना व्यवस्थापक सानिमा क्यापिटल रहेको छ भने कोष प्रवद्र्धक सानिमा बैंक रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here