हिमालय एयरलाइन्सको काठमाडौं-छिन्ताओ सिधा उडान सुरू

काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौंबाट चीनको छिन्ताओ सहरमा सिधा उडान सुरु गरेको छ । एयरलाइन्सले आज (आइतबार)देखि काठमाडौं-छिन्ताओ-काठमाडौं रुटमा सिधा उडान थालेको हो ।

हिमालयको जहाज आज बिहान ९ः१५ बजेट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट छिन्ताओका लागि उडेको छ । सो जहाज स्थानीय समय अनुसार जियाओडोङ अन्तर्राष्ट्रिय विमानस्थलमा साँझकोे ५ः२२ बजे अवतरण गर्ने छ । यो उडानको अवधि ५ घण्टा ५० मिनेटको रहनेछ ।

पहिलो उडानमा १०० जना यात्रु रहेको एयरलाइनसले जनाएको छ । कम्पनीका अनुसार अब यस रुटमा साताको एक दिन हरेक आइतबार नियमित उडान हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here