‘जवान’ को आक्रमक कमाइ,तीन दिनमा कति कमायो ?

काठमाडौं । हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार बलिउड अभिनेता शाहरूख खान अभिनीत फिल्म ‘जवान’ ले भारतीय बक्स अफिसमा आक्रमक कमाइ गरिरहेको छ। फिल्मले घरेलु बक्स अफिसमा तीन दिनमा १८० करोड ४५ लाख भारू कमाएको छ।

यो हिन्दी संस्करणको मात्रै कमाइ हो। इन्डिया टुडेका अनुसार फिल्मले विश्वभरबाट तीन दिनमा ३५० करोड भारू कमाएको छ।

६५ करोड ५० लाख भारूमा ओपनिङ गरेको फिल्मले दोस्रो दिन ४६ करोड २३ लाख र तेस्रो ६८ करोड ७२ लाख भारू कमाएको हो। फिल्ममा शाहरूख डबल रोलमा देखिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here