तारा एयरको ‘पोखरा–जोमसोम’ उडान फेरि नियमित

फाइलफोटो

काठमाडौं । तारा एयरले पोखरा–जोमसोमको उडान सोमबारदेखि फेरि नियमित गर्ने भएको छ । प्रतिकूल मौसमका कारण ग्राउन्डेड भएको उडान फेरि नियमित गर्न लागिएको हो ।

तारा एयरले जोमसोमको नियमित उडानका लागि एउटा विमान पोखरामै रात्रिकालीन पार्किङ गर्ने छ । तारा एयरले पोखरा–जोमसोम उडान पोखराको पुरानो विमानस्थलबाट गर्ने छ । मुस्ताङमा अवस्थित जोमसोम विमानस्थल समुन्द्री सतहबाट दुईहजार ७३६ मिटर उचाइँमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here